Saturday, November 7, 2026
Homeसामाचारभ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा

काठमाडौं — विशेष अदालतले भ्रष्टाचार आरोपमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको छ।

गुप्ता बुधबार विशेष अदालतमा उपस्थित भई बयान दिएका थिए। त्यसपछि भएको थुनछेक बहसपछि अदालतले उनलाई थुनामै राख्ने निर्णय गरेको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले गुप्तालाई थुनामा पठाउने आदेश जारी गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका