Saturday, November 7, 2026
Homeसामाचारजेन–जी आन्दोलनबारे जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान

जेन–जी आन्दोलनबारे जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान

काठमाडौं । जेन–जी आन्दोलनका बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन्।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको विषयमा बयान दिन लेखक सिंहदरबारस्थित जाँचबुझ आयोगमा उपस्थित भएका हुन्।

आयोगले उनलाई पुस १३ गते उपस्थित हुन पत्राचार गरे पनि लेखक एक दिन ढिला गरी आज आयोगमा बयान दिन पुगेका थिए। उनले आजै पत्रकार सम्मेलन गरी जेन–जी आन्दोलनसम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्।

आयोगमा बुझाएको लिखित बयानमा लेखकले जेन–जी युवाहरूले उठाएका मागहरू जायज रहेको र ती माग पूरा गर्न तत्कालीन सरकारले प्रयास गरिरहेको दाबी गरेका छन्। आन्दोलन नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने कुनै निर्णय वा योजना सरकारको नभएको पनि उनले बताएका छन्।

लेखकका अनुसार जेन–जी आन्दोलनका अगुवाहरूले भदौ २३ गतेको आन्दोलन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका थिए। तर भदौ २४ गते ‘धमिलो पानीमा माछा मार्न खोज्ने’ केही तत्वहरूले आन्दोलन भड्काएको उनको दाबी छ।

आन्दोलनका क्रममा बल प्रयोग भएको विषयमा भने लेखकले आफू जिम्मेवार नरहेको जिकिर गरेका छन्। कानुनअनुसार यस्तो निर्णय गर्ने अधिकार सुरक्षा निकाय र स्थानीय तहका तोकिएका अधिकारीहरूलाई भएकाले यसमा आफ्नो प्रत्यक्ष जिम्मेवारी नपर्ने उनको भनाइ छ।

final draft ramesh lekhak

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका