Sunday, May 31, 2026
Homeमुख्य समाचारमेलम्चीको बाढीले ढाल्यो हेलम्बु प्रहरी कार्यालयको तीन तले पक्की भवन

मेलम्चीको बाढीले ढाल्यो हेलम्बु प्रहरी कार्यालयको तीन तले पक्की भवन

गएराती मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु इलाका प्रहरी कार्यालयको तीन तले भवन ढलाएको छ । बाढीको उच्च जोखिम भएकोले प्रहरीले सो भवन छोडिसकेको थियो ।

यस्तै ग्याल्थुममा रहेको इष्ट पोइन्ट माध्यमिक बिद्यालयको भवन रहेको जमिन कटान हुँदा ढल्ने अवस्थामा पुगेको छ । हेलम्बु क्षेत्रका तालामाराङ्, ग्याल्थुम, शेरा, चनौटे, किउल, तिम्बु, अम्बाथान लगायतका स्थानमा नदी छेउ रहेका बस्तीहरु बगरमा परिणत भएका छन् ।

बाढीले क्षति पुर्याउदै आएको ४ दिन बित्दासमेत सरकारको मुख देख्न नपाएको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन् । गत असार १ गतेदेखि मेलम्ची खोलामा निरन्तर बाढी आइरहेको छ । सो बाढीले दर्जनौ ब्यक्ति बेपत्ता पारेको छ भने भौतिक संरचना तथा खेतीयोग्य जमिन तहसनहस पारेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका