Saturday, November 7, 2026
Homeसामाचारजेनजी आन्दोलन छानबिन आयोगका पदाधिकारीविरुद्धको रिट खारेज

जेनजी आन्दोलन छानबिन आयोगका पदाधिकारीविरुद्धको रिट खारेज

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो।

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्षसहित पदाधिकारीहरूले छानबिनसँग सम्बन्धित विषयमा पहिले नै सार्वजनिक धारणा व्यक्त गरी पूर्वाग्रह देखाइसकेको दाबी गर्दै उनीहरूबाट निष्पक्ष छानबिन हुन नसक्ने जिकिरसहित रिट दायर गरेका थिए।

रिट निवेदकले रिटको अन्तिम निर्णय नभएसम्म अध्यक्षसहितका पदाधिकारीलाई आयोगका कुनै पनि काम नगर्न वा नगराउन अन्तरिम आदेशको माग पनि गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका