Saturday, November 7, 2026
Homeसामाचारनेपालको पाँच महिनाको वैदेशिक व्यापार: आठ खर्बभन्दा बढी कारोबारमा ४९ अर्ब घाटा

नेपालको पाँच महिनाको वैदेशिक व्यापार: आठ खर्बभन्दा बढी कारोबारमा ४९ अर्ब घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म नेपालले कूल रु ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार बराबरको वैदेशिक व्यापार गर्दा रु ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापार प्रतिवेदनअनुसार, यस अवधिमा रु ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाखको आयात र रु १ खर्ब १६ अर्ब ५० करोडको निर्यात भएको छ। गत वर्षको सोही अवधिसँग तुलना गर्दा आयात १५.८३% र निर्यात ५८.१७% ले बढेको छ।

भारतसँग मात्र पाँच महिनामा रु ३ खर्ब ३९ अर्ब दुई करोडभन्दा बढी व्यापार घाटा देखिएको छ। भारतबाट रु ४ खर्ब ३४ अर्ब छ करोड ४२ लाखको वस्तु आयात हुँदा, निर्यात रु ९५ अर्ब ४ करोड २० लाख मात्रै भएको छ।

चीनसँगको व्यापारमा पनि रु १ खर्ब ६३ अर्ब २६ करोड ८० लाख घाटा देखिएको छ। यस अवधिमा चीनबाट रु १ खर्ब ६३ अर्ब ७३ करोड ४८ लाखको आयात र रु ४६ करोड ६८ लाखको निर्यात भएको छ।

नेपालले व्यापार नाफा गरेका मुलुकमध्ये रोमानिया पहिलो स्थानमा छ। रोमानियासँग पाँच महिनामा कूल रु ६३ लाख ४९ हजारको नाफा देखिएको छ। स्वीडेन, इराकलगायत मुलुकसँग पनि नाफा रहेको छ।

सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ छन्। पाँच महिनामा रु ४५ अर्ब ६० करोड डिजेल, रु २७ अर्ब ३३ करोड पेट्रोल र रु २२ अर्ब ३९ करोड खाना पकाउने ग्यास आयात भएको छ।

अन्य प्रमुख आयात वस्तुमा स्मार्टफोन रु १९ अर्ब, कच्चा सोयाबिन तेल रु ४६ अर्ब ९७ करोड र फलामजन्य वस्तु रु २१ अर्ब ८४ करोड रहेको छ।

निर्यातमा सोयाबिन तेल शीर्ष स्थानमा छ, रु ४६ अर्ब ५५ करोड बराबर निर्यात भएको छ। त्यसैगरी, ठूलो अलैंची रु ५ अर्ब ५३ करोड, कार्पेट रु ४ अर्ब १३ करोड र सूर्यमुखी तेल रु ३ अर्ब ७३ करोड निर्यात भएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका