मुस्ताङ । चिसो बढ्दै जाँदा मुस्ताङमा बिहान र बेलुकीको समयमा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झरेको छ। अत्यधिक चिसोका कारण खोलानालाको पानी जम्न थालेको छ।
माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा रहेको ठिङ्गर खोला चिसोले बरफ बनेर जमेको छ। हिउँदयामको तीव्र चिसोका कारण नदीनाला, सिँचाइ कुलो र धाराहरू समेत जम्न थालेपछि स्थानीयवासीको दैनिकी प्रभावित भएको छ।
चिसोका कारण पानीको अभाव, पशुपालन र दैनिक कामकाजमा कठिनाइ बढ्दै गएको स्थानीयले बताएका छन्।


