Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायुको आंशिक प्रभाव, अधिकांश भू–भागमा मौसम सफा

पश्चिमी वायुको आंशिक प्रभाव, अधिकांश भू–भागमा मौसम सफा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखिएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ । अन्य क्षेत्रहरूमा भने मौसम प्रायः सफा रहने छ ।

यस्तै, आज राति देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नपर्ने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका