काठमाडौँ — पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट यात्रुबाहक बस खसेर दुर्घटना भएको छ । डडेलधुराबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दुर्घटनामा २२ जना यात्रु घाइते भएका हुन् । घाइते सबैलाई उद्धार गरी उपचारका लागि लमही अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।


