काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–६, चालिसे क्षेत्रमा आज ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।
इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, दुर्घटनामा मानवीय क्षतिसमेत हुनसक्ने आशंका गरिएको छ। अहिले उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका सवारी साधनहरूमा एउटा स्कुल बस, तीन यात्रुवाहक बस, डिब्बा गाडी, ट्रक र मोटरसाइकल समावेश छन्।


