इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टर्नमा आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धमा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा फाउन्डेसनका प्रमुख सल्लाहकार महाप्रसाद अधिकारीसँग अन्तरक्रिया गरेको छ।
फाउन्डेसनको इटहरीस्थित कार्यालयमा भएको अनौपचारिक छलफलमा प्रमुख सल्लाहकार अधिकारीले कोशी प्रदेशका लागि यस्तो स्तरको अवार्ड कार्यक्रम आयोजना गर्नु “आफैँमा उत्कृष्ट पहल” भएको टिप्पणी गरे। उनले अवार्डलाई पारदर्शी, निष्पक्ष र प्रदेशको हितमा महत्त्वपूर्ण बनाउने लक्ष्यका साथ सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने आवश्यकता उल्लेख गरे।
इभेन्ट म्यानेजर सन्तोष धमलाले गत वर्षझैँ यस वर्ष पनि कार्यक्रमलाई अझ प्रभावकारी र उत्कृष्ट बनाउन टीम प्रतिबद्ध रहेको बताए। उनका अनुसार कुनै कमी हुन नदिन आवश्यक सबै पक्ष समेटेर तयारी तीव्र रूपमा अघि बढिरहेको छ।
फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले अवार्डसम्बन्धी हालसम्मको तयारी र प्रगतिबारे विस्तृत जानकारी प्रस्तुत गरेका छन्।


