Saturday, November 7, 2026
Homeसामाचारआज देशभरको मौसम

आज देशभरको मौसम

काठमाडौं — मौसम पूर्वानुमान महाशाखाले दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ का कारण अहिले देशमा आंशिक प्रभाव परेको जनाएको छ। यसको प्रभावले उच्च पहाडी र हिमाली भूभाग सहित कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली छ, जबकि बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। अन्य भूभागमा मौसम प्रायः खुला रहनेछ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। देशका अन्य भागमा मौसम मुख्यतया सफै रहने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका