Saturday, November 7, 2026
Homeसामाचारब्रेकफेल भएर ट्रक पल्टिँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध

ब्रेकफेल भएर ट्रक पल्टिँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड लिएर जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवा स्थित सडकमा ब्रेक फेल भएर अनियन्त्रित हुँदै पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ तर्फ जाने र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधनहरू रोकिएका छन्। प्रहरीले दुर्घटनास्थलबाट ट्रक हटाएर बाटो सुचारु गर्ने पहल गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका