Tuesday, May 5, 2026
Homeमनोरन्जनहेमन्तको ‘असफल मायालु’

हेमन्तको ‘असफल मायालु’

काठमाडौं : गायक हेमन्त शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। गायक शर्माले नेपाली सांगीतिक बजारमा ‘ए मेरी असफल मायालु’ ल्याएका हुन्।

उनले सो गीत सोमबार आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेका हुन्।  कोरोना भाइरसको महामारीको समयमा स्रोतालाई लक्षित गरेर गीत तयार पारिएको शर्माले जानकारी दिए। उनका अनुसार प्रेममा असफल हुनेहरूको भावलाई  गीतमा समेटिएको छ।

गायक शर्माले आफ्नै शब्द र संगीतमा गीत तयार पारेका हुन्। गीतमा कृष्ण बिकले संगीत संयोजन गरेका छन्। गीतमा गायक शर्मासँगै गायिका एलिना चौहानको पनि स्वर रहेको छ। गीतले स्रोता/दर्शकको माया पाउने विश्वास उनले गरेका छन्। ‘कोरोना महामारी र लकडाउनका समयमा घरैमा बसिरहनु भएका स्रोता/दर्शकलाई लक्षित गरी गीत तयार पारेको हुँ’ शर्माले भने, ‘सबैको माया पाउँछु भन्ने विश्वास छ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका