Saturday, November 7, 2026
Homeसामाचारराष्ट्रिय परिचयपत्रमार्फत ३ लाख ८ हजारभन्दा बढीले नयाँ मतदाता नामावली दर्ता

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख ८ हजारभन्दा बढीले नयाँ मतदाता नामावली दर्ता

काठमाडौँ । राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यो तथ्याङ्क मङ्सिर १ गते राति ९:३० बजेसम्मको हो।

तीमध्ये पुरुष १ लाख १५ हजार ००७, महिला १ लाख २७ हजार ०६९ र अन्य ९ जना रहेका छन्।

त्यसबाहेक, निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्समार्फत ३ लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराएका छन्। आयोगका अनुसार यो तथ्याङ्क नयाँ मतदाता नामावली सङ्कलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको हो।

आयोगले नामावली दर्ता मङ्सिर ५ गतेसम्म खुला रहने जनाएको छ। राष्ट्रिय परिचयपत्र नम्बर भएका व्यक्तिले अनलाइनमार्फत नै सहज रूपमा नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका