काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार दिउसो तीन बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका छन्। गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेले जानकारी दिएका हुन्।
बैठकमा प्रतिनिधिसभा निर्वाचन (फागुन २१) र दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनको क्रममा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल हुनेछ। बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सदस्य रहनेछन्।


