काठमाडौँ – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदका लागि बढुवाको सिफारिस गरिएको छ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले जनपद तर्फका डिआइजी कार्कीलाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो। कार्की हाल कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत हुनुहुन्थ्यो।
बढुवा समितिका सदस्य–सचिव तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका अनुसार डिआइजी कार्कीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) बमोजिम एआइजी बढुवाका लागि सिफारिस गरिएको हो।


