Saturday, November 7, 2026
Homeसामाचारपूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर (तस्बिरसहित)

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर (तस्बिरसहित)

काठमाडौं — नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

स्काउटको जग्गा ओगटेर राखिएको उक्त संरचना हटाउन महानगरले यस्तो कदम उठाएको हो। यसअघि नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गाको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अन्तिम अल्टिमेटम दिएको थियो।

नेपाल स्काउटले पटक–पटक जग्गाको भाडा बुझाउन आग्रह गर्दा पनि कम्पनीले भाडा तिर्न असफल भएपछि अन्तिम समयसीमा भित्र पनि भाडा बुझाएन। यस कारण महानगरपालिकाले डोजर चलाएर संरचना हटाएको हो।

उक्त जग्गा नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षे करार सम्झौता अन्तर्गत भाडामा लिएको थियो। सम्झौता अवधि सकिए पनि कम्पनीले जग्गा खाली नगरेपछि यो कदम चालिएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका