Saturday, November 7, 2026
Homeसामाचारजेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरणमा स्वास्थ्य मन्त्रालयको निर्देशन

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरणमा स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण कार्यमा सहजीकरण गर्न देशभरका जिल्ला अस्पतालहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘गृह मन्त्रालयबाट घाइतेहरूको वर्गीकरण कार्य सम्पन्न गरी स्वास्थ्य मन्त्रालयको प्राविधिक समितिमा विवरण पठाउन परिपत्र भइसकेकोले, सो कार्य कार्यविधि अनुसार समयमै सम्पन्न गर्न जिल्लास्थित अस्पतालका चिकित्सकहरू र स्वास्थ्य कार्यालयका प्रमुखहरूले आवश्यक सहयोग गर्नुहुन अनुरोध गर्दछौँ।’

यसअघि गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको व्यक्तिगत विवरण संकलन गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका