Saturday, November 7, 2026
Homeसामाचारप्रधानमन्त्री कार्कीको आह्वान: नयाँ पुस्ताले विवेकपूर्ण मत प्रयोग गर्न तयार होऊन्

प्रधानमन्त्री कार्कीको आह्वान: नयाँ पुस्ताले विवेकपूर्ण मत प्रयोग गर्न तयार होऊन्

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेर आगामी निर्वाचनमा विवेकपूर्ण मत प्रयोग गर्न आह्वान गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले आज सार्वजनिक गर्नुभएको भिडियो सन्देशमा नागरिकको विवेकपूर्ण सहभागिता सुनिश्चित गर्नका लागि आधिकारिक मतदाता परिचयपत्र अत्यावश्यक हुने स्मरण गराउनुभयो।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभर यही कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलनकार्य सञ्चालन गरिरहेको छ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “जेनजेड युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ। त्यसपछि विवेकपूर्वक प्रयोग गरेर योग्य प्रतिनिधि छान्नुपर्छ।”

उहाँले सबै योग्य नागरिकलाई देश विकास र विद्यमान बेथितिहरूविरुद्धको संघर्षमा सहभागी हुन मताधिकारको सदुपयोग गर्न आग्रह गर्दै भनिन्, “मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचयपत्र बनाऔँ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका