Saturday, November 7, 2026
Homeसामाचारछठ पर्व आत्मशुद्धि र सामाजिक एकताको प्रतीक : डोल प्रसाद अर्याल

छठ पर्व आत्मशुद्धि र सामाजिक एकताको प्रतीक : डोल प्रसाद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोल प्रसाद अर्यालले छठ पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिएका छन्।

छठ पर्वको शुभकामना सन्देश जारी गर्दै अर्यालले सूर्य आराधनाको यो पर्वले नेपाली समाजको गहिरो धार्मिक र सांस्कृतिक महत्वलाई जीवन्त राख्दै आएको बताएका छन्।

उनका अनुसार, चार दिनसम्म विभिन्न विधि र अनुष्ठानका साथ मनाइने यो पर्व आत्मशुद्धि, त्याग र समर्पणका माध्यमबाट सामूहिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने पर्व हो। उनले भने,

“उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिई गरिने उपासनाले जीवनका सुख र दुःख दुवैलाई समानरूपमा स्वीकार गर्ने प्रेरणा दिन्छ।”

अर्यालले पछिल्ला वर्षहरूमा छठ पर्व मनाउने क्षेत्र र समुदायको विस्तारले सांस्कृतिक आदान–प्रदान र हार्दिकतामा वृद्धि गर्दै विविधताबीचको एकतालाई अझ मजबुत बनाएको उल्लेख गरे।

छठ पर्वले सामाजिक एकता र राष्ट्रिय भावनालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले भने,

“छठको पावन अवसरले प्रदान गर्ने प्रेरणाले सामाजिक एकताको सूत्रलाई अझ बलियो बनाई राष्ट्र निर्माणमा नयाँ ऊर्जा प्रदान गरोस्।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका