Saturday, November 7, 2026
Homeसामाचारनितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी

नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी

काठमाडौं ।गायक तथा संगीतकार बाबुल गिरीविरुद्ध दिवंगत गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दर्ता गरेको छ।

गत शनिबार नितु पौडेलले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन्। उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएपछि परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दर्ता गराएको हो।

गायिका पौडेल र संगीतकार गिरी (धनबहादुर गिरी)बीच करिब सात वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका