Saturday, November 7, 2026
Homeसामाचारविपिन जोशीको पार्थिव शरीर आज काठमाडौं आइपुग्ने

विपिन जोशीको पार्थिव शरीर आज काठमाडौं आइपुग्ने

काठमाडौं। विद्रोही समूह हमासद्वारा अपहरणमा परेका र मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ।

जोशीको शव फ्लाइ दुबईको उडानमार्फत दिउँसो २:३५ बजे काठमाडौं आइपुग्नेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्थिव शरीरको सम्मानपूर्वक स्वागत र स्थानान्तरणको सम्पूर्ण तयारी पूरा गरिएको छ।

काठमाडौं आइपुगेपछि शव नेपाली सेनाको विमानमार्फत धनगढी विमानस्थल पुर्‍याइनेछ। त्यसपछि सेनाले धनगढीबाट एम्बुलेन्समार्फत महेन्द्रनगर लैजाने र परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ।

यस अवसरमा प्रधानमन्त्री सुशीलाकुमारी कार्कीले विपिन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्य, उच्च प्रशासनिक अधिकारी, नेपाली सेना र प्रहरीका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनेछन्। श्रद्धाञ्जलि कार्यक्रम नेपाली सेनाको नं. १४ बाहिनी मुख्यालयमा आयोजना गरिनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका