Saturday, November 7, 2026
Homeसामाचारतिहारले विश्वास, सद्भाव र भाइचारालाई प्रगाढ बनाओस् : उपराष्ट्रपति यादव

तिहारले विश्वास, सद्भाव र भाइचारालाई प्रगाढ बनाओस् : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’ को भावनालाई झल्काउने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायबीच परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

आस्था र उल्लासको पर्व तिहार (शुभ दीपावली)–२०८२ का अवसरमा सोमबार जारी शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको मंगलकामना व्यक्त गर्दै यस्तो विश्वास व्यक्त गरेका हुन्।

उपराष्ट्रपति यादवले भनेका छन्, “शुभ दीपावलीले हाम्रो मन, वचन र कर्ममा पवित्र भावनाहरू जागोस्। सम्पूर्ण नेपाली एकताबद्ध भई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियतालाई अझ मजबुत बनाउन यसले प्रेरणा दिओस्।”

उनका अनुसार तिहारको उज्यालोले हाम्रा मनका रिस, राग, वैमनस्यता र द्वेषलाई मेटाउँदै मेलमिलाप, प्रेम र खुसीयालीको वातावरण सिर्जना गर्नेछ।

पाँच दिनसम्म मनाइने यो पर्वले सामूहिकता र एकताको भावना मजबुत पार्दै सुदृढ र समावेशी समाज निर्माणको प्रेरणा प्रदान गर्ने शुभकामना सन्देशमा उल्लेख छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका