Sunday, November 8, 2026
Homeसामाचारगैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

काठमाडौँ, २८ असोज- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरी चन्दा सङ्कलन गर्ने वा त्यस्तो कार्यलाई प्रोत्साहित गर्ने कुनै पनि गतिविधि फेला परेमा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

कार्यालयले केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको नाममा विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका नाममा चन्दा मागिरहेको जानकारी प्राप्त भएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माका अनुसार प्रधानमन्त्री वा कार्यालयको तर्फबाट कुनै पनि व्यक्ति वा समूहलाई चन्दा वा सहयोग सङ्कलन गर्न अनुमति दिइएको छैन।

प्रवक्ता शर्माले विज्ञप्तिमार्फत यस्ता भ्रामक गतिविधिमा विश्वास नगर्न तथा कसैले यस किसिमको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न आग्रह गर्नुभएको छ।

प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गर्ने वा त्यसका लागि प्रोत्साहन गर्ने गतिविधि फेला परेमा ती कार्यहरूलाई कानुनी दायरामा ल्याउन नजिकको प्रहरी कार्यालयलाई खबर गर्न पनि विज्ञप्तिमा अनुरोध गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका