Sunday, November 8, 2026
Homeसामाचारसाइकलबाटै वारपार गर्न मिल्ने गरी आकाशेपुल निर्माण सुरु

साइकलबाटै वारपार गर्न मिल्ने गरी आकाशेपुल निर्माण सुरु

पाटन (ललितपुर) – ललितपुर महानगरपालिकाको सुन्दरीघाट मार्गबाट चक्रपथमा साइकलमै वारपार गर्न सकिने आकाशेपुल निर्माण हुने भएको छ। महानगर प्रमुख चिरीबाबु महर्जनले वडा नं ३ र ४ को धोबिघाट चोकस्थित रिङरोडमा निर्माण गरिने ३६.६१ मिटर लामो साइकलमैत्री तथा अपाङ्गतामैत्री आकाशेपुलको हिजो शिलान्यास गर्नुभयो।

शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख महर्जनले सडकको दुवै तर्फबाट साइकलमै सडक पार गर्न मिल्नेगरी पुल निर्माण गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “समयमै गुणस्तरीय काम सम्पन्न हुने विश्वास छ। यस क्रममा सरकार र महानगरका तर्फबाट कुनै तहमा बाधा–व्यवधान हुनेछैन। निर्माण व्यवसायी र परामर्शदाताले पनि यो परियोजना ढिलाइ नगरी पूरा गर्नुपर्छ। सम्भवतः यो नेपालकै पहिलो साइकलमैत्री आकाशेपुल हुनेछ। यसलाई समयमै सम्पन्न गरी ठेकेदारप्रति रहेको नकारात्मक धारणा परिवर्तन गरौँ।”

महानगरको रु पाँच करोड चार लाख ४८ हजार ४२६ को लागतमा निर्माण हुने उक्त पुल एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ। निर्माण कार्यको ठेक्का काभ्रेपलाञ्चोकस्थित लामा प्रगति–मनि बुद्ध जेभीले लिएको हो। गत असार २२ गते सम्झौता भई १२ महिनाभित्र काम सम्पन्न गर्ने सहमति भएको महानगरका सिडिई प्रदीप पौडेलले जानकारी दिनुभयो।

शिलान्यास समारोहमा वडा नं ४ का अध्यक्ष सन्तोष केसी, वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनलगायतले पनि आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका