Sunday, June 7, 2026
Homeअपराध र घटनाएक लाखभन्दा बढी घुससहित लेखा अधिकृत दाहाल अख्तियारको नियन्त्रणमा

एक लाखभन्दा बढी घुससहित लेखा अधिकृत दाहाल अख्तियारको नियन्त्रणमा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नियम्स) अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई रु एक लाखभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार दाहालले विभिन्न सप्लायर कम्पनी र ठेकेदारलाई भुक्तानी गर्नुपर्ने बिल रकमका बदलामा घुस रकमका रूपमा रु १ लाख २० हजार ५८० आफ्नो कार्यकक्षमा लुकाएर राखेको सूचनाका आधारमा आज पक्राउ गरिएको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार दाहालको कार्यकक्षबाट घुस रकमसहित एक थान मोबाइल उपकरण र अन्य सम्बन्धित कागजातहरू बरामद गरिएको छ।

उक्त प्रकरणमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका