काठमाडौँ, २६ असोज — हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ।
महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना छ।
त्यसैगरी, आज राति कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।


