काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।
शनिबार स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित उक्त सेन्टरमा भर्ना गरिएको हो।
राष्ट्रपति भवन शीतलनिवासमा ‘जेनजी’ प्रतिनिधिसँग प्रधानमन्त्री सुशीला कार्कीको छलफल भइरहेका बेला पौडेलको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ।
अस्पतालद्वारा शनिबार दिउँसो ३:३० बजे जारी विज्ञप्तिअनुसार, हाल राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले भनेका छन्,
“सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि उहाँलाई उपचारका लागि यस सेन्टरमा भर्ना गरिएको हो। हाल उहाँको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको जानकारी गराउँछौं।”


