Sunday, November 8, 2026
Homeसामाचारबाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ

बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ आज बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न इलाम जाँदैछन्।

उनको सचिवालयका अनुसार घिसिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर विमानस्थल हुँदै इलाम पुग्ने कार्यक्रम छ। उनले इलाममा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने र विपद्मा परी ज्यान गुमाएका व्यक्तिहरूका आफन्तलाई भेट्नेछन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका