काठमाडौँ । पूर्वसभामुख अग्नि सापकोटाले आफूलाई उपलब्ध गराइएको सरकारी सवारीसाधन फिर्ता गरेका छन्। सरकारले पूर्वपदाधिकारीहरूलाई दिइएका गाडीहरू फिर्ता गर्ने निर्णय गरेपछि सापकोटाले सो निर्णयअनुसार गाडी बुझाएका हुन्।
दशैंलगत्तै कार्यालय खुलेको पहिलो दिन, मंगलबार, सापकोटाले प्रयोगमा रहेको गाडी संसद् सचिवालयमा फिर्ता गरेको उनको सचिवालयले जनाएको छ।
सचिवालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ, ‘मन्त्रीपरिषद्को निर्णयअनुसार संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपलब्ध गराएको सवारीसाधन दशैंलगत्तै कार्यालय खुलेको पहिलो दिन, २०८२ असोज २१ गते मंगलबार, संसद् सचिवालयमा फिर्ता गरिएको जानकारी गराउँछौँ।’
यसअघि पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीले पनि आफूहरूलाई उपलब्ध गराइएका सरकारी सवारीसाधन फिर्ता गरिसकेका छन्।


