Sunday, November 8, 2026
Homeसामाचारकाठमाडौँ र ललितपुरमा आजको सार्वजनिक बिदा खारेज

काठमाडौँ र ललितपुरमा आजको सार्वजनिक बिदा खारेज

काठमाडौँ। राजधानीका दुई जिल्ला—काठमाडौँ र ललितपुरमा सोमबार (असोज २० गते) का लागि दिइएको सार्वजनिक बिदा खारेज गरिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति छुट्टाछुट्टै सूचना जारी गर्दै बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएका छन्।

लगातारको वर्षाका कारण उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो। तर, मौसममा सुधार आएपछि र जोखिमको अवस्था टरिसकेकाले दुवै जिल्लाका प्रशासन कार्यालयहरूले बिदा खारेज गरेका हुन्।

काठमाडौँ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “मिति २०८२ असोज २० गते सोमबार बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालय, संस्थान तथा स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध गरिएको छ।”

यस्तै, ललितपुर प्रशासनले पनि गृह मन्त्रालयको निर्देशनअनुसार सोमबारदेखि सबै सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

यसअघि सरकारले असोज २० गतेसम्म बिदा दिने निर्णय गरेको थियो। तर, गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्य कार्यमा प्रत्यक्ष संलग्न नभएका जिल्लाहरूलाई सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएपछि राजधानीका दुवै जिल्लामा बिदा खारेज गरिएको हो।

यससँगै काठमाडौँ र ललितपुरका सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सोमबारदेखि पुनः नियमित रूपमा सञ्चालनमा आएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका