Sunday, November 8, 2026
Homeसामाचारअविरल वर्षातको प्रभाव : प्रमुख आठ नदी खतराको तह पार, १२ नदी...

अविरल वर्षातको प्रभाव : प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

काठमाडौँ, १९ असोज — अविरल वर्षाका कारण देशका विभिन्न आठ नदीमा पानीको बहाव खतराको तह नाघेको छ। जल तथा मौसम विज्ञान विभागको आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढी खोला (सुनसरी), बिरिङ खोला (झापा) लगायतका नदीका बाढी मापन केन्द्रहरूले खतराको तह पार गरेका छन्।

विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ। उहाँका अनुसार कोशी प्रदेशका नदीहरूमा पानी बढ्दो क्रममा छन् भने बागमती र मधेस प्रदेशका केही नदीहरूमा बहाव स्थिर र केहीमा घट्दो क्रममा छ।

त्यस्तै, कोशी, मधेस र बागमती प्रदेशका अन्य धेरै नदी–नालामा पनि बहाव सतर्कता तह नजिक पुगेको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

बागमती र मधेस प्रदेशमा वर्षाको तीव्रता विस्तारै घट्दै गएको भए पनि कोशी प्रदेशका धेरै स्थानमा अहिले पनि मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ। विभागको आज बिहान जारी सूचनाअनुसार सो क्रम आगामी केही घण्टासम्म जारी रहने देखिएको छ। ती नदीहरूमा आज बेलुकीसम्म उच्च जोखिम रहन सक्ने र मध्यम जोखिम सोमबार बिहानसम्म कायम रहने पूर्वानुमान गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका