Sunday, November 8, 2026
Homeसामाचारजनकपुरको रुपैठामा दुई समुदायबीच तनाव, कर्फ्यू आदेश जारी

जनकपुरको रुपैठामा दुई समुदायबीच तनाव, कर्फ्यू आदेश जारी

महेन्द्रनगर (धनुषा), १८ असोज – जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा क्षेत्रमा दुई समुदायबीच भएको झडपपछि निषेधाज्ञा जारी गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार शनिबार दुर्गा मूर्ति विसर्जनको क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएपछि अवस्था तनावपूर्ण बनेको थियो। त्यसपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी निषेधाज्ञा लागू गरिएको हो।

प्रशासनद्वारा जारी विज्ञप्तिमा रुपैठाको चारैतर्फका क्षेत्रमा कुनै पनि सभा, जुलुस, नाराबाजी, भेला वा सामूहिक गतिविधि नगर्न आदेश गरिएको छ। आदेशअनुसार पूर्वतर्फ लोहना जाने बाटो, पश्चिमतर्फ बसहिया जाने बाटो, उत्तरतर्फ बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणतर्फ गंगुली पुलसम्मको क्षेत्रमा प्रदर्शन वा भेला गर्न पाइने छैन।

गत महिना पनि गणेश पूजापछि मूर्ति विसर्जनका क्रममा दुबै समुदायबीच झडप भएको थियो। यसपटक पुनः दुर्गा मूर्ति विसर्जनमा अवरोध भएपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका