काठमाडौं । निरन्तर वर्षाका कारण सडक डिभिजन कार्यालय भरतपुरले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
कार्यालयका अनुसार चाडपर्वको समयमा परेका वर्षाले सडकमा असर पर्न सक्ने भएकाले सम्बन्धित निकायबाट अवस्था बुझेर सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको हो।
हालसम्म मुग्लिन–नारायणगढ, मुग्लिन–काठमाडौं, मुग्लिन–पोखरा, नारायणगढ–बुटवल, बुटवल–पोखरा, नारायणगढ–हेटौंडा र धार्के–सितापाइला सडक खण्ड सामान्य अवस्थामा रहेका कार्यालयले जनाएको छ।


