Thursday, April 30, 2026
Homeसुन्दर नेपालमुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

मुस्ताङ, १३ असोज । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर २८ सम्म एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटक पुगेका छन् । अघिल्लो वर्ष सोही अवधिमा एक लाख दुई हजार ८९४ जना आएका थिए । यो वर्ष पाँच दशमलव ३२ प्रतिशतले विदेशी पर्यटक बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

सन् २०२४ मा जनवरीदेखि डिसेम्बरसम्म कुल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । सो अनुपात कायम राख्न सन् २०२५ मा कुल विदेशी पर्यटक संख्या १९ दशमलव ९१ प्रतिशतले बढेर एक लाख ६२ हजार ७५२ पुग्नुपर्ने एक्यापले जनाएको छ ।

तर यस वर्षको अनुकूल पर्यटक ‘सिजन’मा प्रतिकूल मौसम र युवाहरुको जेनजी आन्दोलनका कारण अपेक्षाकृत कम विदेशी पर्यटक आएको एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२४ को सेप्टेम्बरमा मात्र ११ हजार ७८५ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए ।

मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको विशिष्ट भूगोल, प्राचीन धार्मिक गुम्बा, मठमिन्दर, माने–छोर्तेन, पुराना मानव निर्मित संरचना र मनोरम हिमशृङ्खलाले पर्यटक आकर्षित गर्ने गरेका छन् । साथै उपल्लो मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर, ढुम्बाताल लगायतका स्थल प्रमुख पर्यटकीय गन्तव्य मानिन्छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका