Sunday, November 8, 2026
Homeसामाचारराष्ट्रपति पौडेलको उपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ

राष्ट्रपति पौडेलको उपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ, १३ असोज । नेपाली सेनाले आज दिउँसो सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सेनाले राइफल र तोपबाट बढाइँ गर्नेछ । संविधानअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

समारोहमा सैनिक परेड, दुर्गा नाच, हेलिकप्टरमार्फत ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि हुने कार्यक्रम तय गरिएको छ । फूलपाती बढाइँलाई धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक समारोह मानिन्छ ।

गोरखाबाट ल्याइएको जमरा र फूलपाती साइत जुराएर हनुमानढोका दसैँघरमा भित्र्याएपछि टुँडिखेलमा बढाइँ गर्ने परम्परा रहेको छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ ।

नेपाली सेनाले प्रत्येक वर्ष बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका