काठमाडौँ, ११ असोज – हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली हुने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी प्रदेशलगायतका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने सम्भावना छ। यस्तै, कोशी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।


