Sunday, November 8, 2026
Homeसामाचारदेशभर मनसुनी वायु कमजोर, अधिकांश स्थानमा मौसम सफा

देशभर मनसुनी वायु कमजोर, अधिकांश स्थानमा मौसम सफा

काठमाडौँ, १० असोज । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भइसकेको छ भने स्थानीय वायुको आंशिक प्रभाव मात्र रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसै कारण आज देशका अधिकांश स्थानमा मौसम सफा रहनेछ ।

महाशाखाका अनुसार, दिउँसो देशका पहाडी भूभागमा साधारण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान छ ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ । राति पनि कोशीसहितका पहाडी भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका