काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव केही कमजोर छ भने स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।
आज दिउँसो कोशी प्रदेशसहित पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भागका साथै तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको विभागले जनाएको छ।
आज राति पनि देशको पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ।


