Sunday, November 8, 2026
Homeसामाचारमनसुन कमजोर, सोमबार घमाइलो; मंगलबारदेखि वर्षाको सम्भावना

मनसुन कमजोर, सोमबार घमाइलो; मंगलबारदेखि वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको जनाएको छ। महाशाखाका अनुसार नेपालको मौसम प्रणालीमा स्थानीय वायुको आंशिक प्रभाव मात्र देखिएको छ।

सोमबार कोशी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुने बताइएको छ। कोशी प्रदेशका केही स्थान, अन्य पहाडी क्षेत्रका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

राति कोशी प्रदेश र बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार सोमबार मनसुन त्यति सक्रिय नदेखिने भएकाले धेरै ठाउँमा दिउँसो घमाइलो हुने अनुमान छ। तर मंगलबारदेखि काठमाडौंसहित धेरै स्थानमा वर्षा सुरु हुने र यस हप्ताभर हल्कादेखि मध्यम वर्षा भइरहने सम्भावना छ। अर्को हप्तामा भने अझै धेरै ठाउँमा वर्षा हुने अपेक्षा गरिएको उनले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका