Sunday, November 8, 2026
Homeसामाचारआजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पूर्वतर्फ सरदर स्थानको आसपास सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका अन्य पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराईका बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना छ । कोशी र बागमती प्रदेशका केही स्थानमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली हुने सम्भावना छ । यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका