Sunday, November 8, 2026
Homeसामाचारमन्त्री घिसिङद्वारा जलेका सवारीसाधन व्यवस्थापन गर्न निर्देशन

मन्त्री घिसिङद्वारा जलेका सवारीसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौं, १ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनहरू तत्काल अन्यत्र सारेर व्यवस्थित गर्न निर्देशन दिएका छन्।

मन्त्री घिसिङको सचिवालयका अनुसार, जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएको हुँदा त्यसलाई हटाएर व्यवस्थित गर्न आवश्यक देखिएको हो।

मन्त्री घिसिङले भने, “कार्यालयको भित्री भागमा काम जारी रहोस्, तर बाहिरी भाग कुरुप हुन दिनुहुँदैन। छिटो र व्यवस्थित रूपमा सुधार गरौँ। क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएका छन्, तिनीहरू हटाएर सकारात्मक सन्देश दिनुपर्छ।”

उनले सबै मन्त्रालय र कार्यालयहरूलाई निर्देशित गर्दै भने कि सामान्य क्षति भएका भवनको बाहिरी भागमा रङरोगन गरियोस्, आगलागीबाट क्षतिग्रस्त सवारीसाधन तुरुन्त हटाइयोस् र क्षतिको मूल्याङ्कन तत्काल पूरा गरियोस्।

मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैं बनाऔँ’ अभियानमार्फत, सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने जानकारी दिए।

सहरी विकास मन्त्रालयले पनि मातहतका संरचनामा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरेको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका