Sunday, November 8, 2026
Homeसामाचारनारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

मुग्लिन (चितवन), १ असोज – नारायणगढ–मुग्लिन सडकखण्डमा मङ्गलबार साँझ ढुङ्गा खस्दा बसमा सवार एक यात्रुको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बस इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुल नजिक पुग्दा सडक माथिबाट ढुङ्गा खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा लमजुङको घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस घटनापछि बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका