Sunday, November 8, 2026
Homeसामाचारफर्किए रवि कारागार

फर्किए रवि कारागार

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार फर्काउने तयारी भएको छ।

कारागार व्यवस्थापन विभागका प्रवक्ता सोमेन्द्र न्यौपानेका अनुसार लामिछाने कारागार पुगिसकेका छन्। ललितपुर प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पनि रविको कागजी प्रक्रिया पूरा गर्ने काम भइरहेको जानकारी दिएका छन्।

जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नक्खु कारागारबाट बाहिरिएका थिए। पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए। त्यसयता लामिछानेले पटक–पटक आफू प्रक्रिया पुर्‍याएर मात्र कारागारबाट बाहिरिएको स्पष्टीकरण दिँदै आएका थिए। शनिबार दिउँसो भने उनले आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका