काठमाडौँ – कृषि विभागले देशभर तरकारी, फलफूल, बीउबेर्ना लगायतका कृषिजन्य उत्पादनको सहज ढुवानी सुनिश्चित गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।
हालको असहज परिस्थितिले उत्पादन ढुवानीमा अवरोध हुँदा उपभोक्ता, कृषक, कृषि उद्यमी र व्यवसायी सबै प्रभावित भएकाले विभागले सूचना जारी गरेको हो।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले नाशवान कृषि उत्पादन समयमै गन्तव्यमा नपुगे मुलुकको समग्र खाद्य सुरक्षामा नकारात्मक असर पर्न सक्ने चेतावनी दिनुभयो।
यसैगरी विभागले राजमार्गमा देखिएका समस्यालाई शीघ्र समाधान गरी उत्पादनलाई सहज रूपमा बजारसम्म पु¥याउन जोड दिएको छ।


