Sunday, November 8, 2026
Homeसामाचारप्रहरीको आह्वान: फरार कैदीबन्दी तत्काल सम्पर्कमा आउनु

प्रहरीको आह्वान: फरार कैदीबन्दी तत्काल सम्पर्कमा आउनु

काठमाडौँ। नेपाल प्रहरीले कैदीबन्दी र अभियुक्तहरूलाई सम्बन्धित सुरक्षा निकायमा तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ। भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलनका क्रममा हिंसा र आगजनीका कारण देशभरका कारागारबाट कैदीबन्दी फरार भएका थिए।

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै प्रहरी कार्यालय तथा कारागारमा तोडफोड र आगजनीपछि भागेका सबै कैदीबन्दीलाई तत्काल सुरक्षा निकायमा सम्पर्कमा आउन अनुरोध गरेको हो।

सूचनामा भनिएको छ, “२०८२ साल भदौ २३ गतेपछि देशभर भएको प्रदर्शनका क्रममा प्रहरीका विभिन्न कार्यालय र इकाइ तथा कारागार कार्यालयहरूमा भएको तोडफोड, आगजनीपश्चात् अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तहरू र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदीबन्दीहरू फरार भएकाले, उनीहरूलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायका कार्यालयमा तत्काल सम्पर्कमा आउन अनुरोध गरिन्छ।”

प्रहरीले फरार अभियुक्त र कैदीबन्दीलाई थप कारबाहीबाट बच्न र अनुसन्धानमा सहयोग गर्न आह्वान गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका