काठमाडौँ- चीनले नेपालमा चाँडै शान्ति र सुव्यवस्था कायम हुने आशा व्यक्त गरेको छ।
नेपालको पछिल्लो अवस्थाबारे चीनको परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लीन चियानले चीन र नेपाल परम्परागत मित्र रहेको उल्लेख गर्दै नेपालका सबै पक्षले आन्तरिक विषयलाई उचित तरिकाले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो।


