गलकोट (बागलुङ), २६ भदौः जिल्ला कारागार कास्की र म्याग्दीबाट फरार भएका ४ कैदीलाई बागलुङ प्रहरीले नियन्त्रणमा लिएको छ।
मालढुङ्गा चेकपोष्ट हुँदै बागलुङ प्रवेश गर्ने क्रममा बुधबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो।
पक्राउ परेकामध्ये ३ जना कास्की कारागारबाट र १ जना म्याग्दी कारागारबाट फरार भएका थिए।


