काठमाडौँ, २६ भदौः देशभर आज सामान्यतया मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान वरपर र पश्चिमतिर सामान्यभन्दा केही उत्तरतिर सक्रिय रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, कोशी प्रदेशको पहाड, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।


