काठमाडौं । गए रातिदेखि नेपाली सेनाले सुरक्षाको जिम्मा लिएसँगै नयाँ बानेश्वरस्थित संसद भवनलगायत महत्वपूर्ण स्थानमा कडा सुरक्षा प्रदान गरिरहेको छ।
जेनजी आन्दोलनका क्रममा क्षति पुगेका नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबारलगायत क्षेत्रमा सेना तैनाथ गरिएको हो।
आन्दोलनको फाइदा उठाएर केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले काठमाडौँका विभिन्न स्थानबाट केही युवालाई पक्राउ गरेको छ। यस्तै, आज बिहानैदेखि सेनाले देशभरि भीड नगर्न, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड नगर्न आग्रह गरेको छ।





